Dhulikhel Eco Banner new

केन्याले दियो नेपाललाई १३३ रनको लक्ष्य

5.72K
shares

काठमाडों, १० साउन । केन्या विरुद्ध दोस्रो टि–२० खेलमा नेपालले १३३ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारीत ओभार ९ विकेट गुमाएर १३२ रन बनाए पछि नेपालले सो लक्ष्य पाएको हो ।

घरेलु मैदान नैरबीमा पहिले ब्याटिङ गरेको केन्याका लागि राकेप पटेलले सर्वाधीक ३५ रनको योगदान दिए । त्यस्तै नेहेम्याह ओधियाम्बो २९ रन बनाए भने यरफान करिमले २२ रनको योगदान दिए ।

नेपालका लागि कप्तान सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३–३ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिए भने पवन सराफको नाममा एक विकेट रहयो । पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा अग्रता बढाउने योजनामा रहेको छ । त्यस्तै केन्या पनि आजको खेलमा जित निकाल्दै सिरिजमा फर्किने योजनामा रहेको छ ।