Dhulikhel Eco Banner new

टि–२० विश्वकप विजेता टोलीले कति पुरस्कार जित्छ ?

6.7K
shares

काठमाडौं, १५ असोज । विश्वकप जित्नु आफैमा निकै महत्वपूर्ण क्षण हो । त्यो जुनसुकै खेलको होस विश्वभरका टोलीलाई पराजित गरेर जित आत्मसाथ गर्नु भनेको राष्ट्र र स्वयम खेलाडीका लागि पनि निकै ठूलो उपलब्धी हो । अन्य प्रतियोतिाभन्दा फुटबल र क्रिकेटको विश्वकपलाई निकै महत्वका साथ विश्भरका दर्शकहरुले प्रतिक्षा गरिरहेका हुन्छन् ।

यसै सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियामा आयोजना हुन् पुरुष टी–२० विश्व कपका लागि पुरस्कार राशिको घोषणा गरेको छ । आईसीसीका अनुसार विश्व कपको उपाधि जित्ने टोलीले २० करोड रुपैयाँ (१६ लाख अमेरिकी डलर) भन्दा धेरै पाउने छ ।

यस्तै उपविजेताले यसको आधी अर्थात् आठ लाख अमेरिकी डलर पाउने छ । सेमिफाइनलमा पराजित हुने दुई टोलिले चार लाख डलर पाउने आईसीसीले जनाएको छ ।

टी–२० विश्व कपमा १६ टिमले खेल्नेछन्, यो प्रतियोगिता झन्डै एक महिनासम्म चल्ने छ । अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप आगामी १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।