Dhulikhel Eco Banner new

भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड फाइनमा प्रवेश

5.43K
shares

काठमाडौं, २४ कात्तिक । इंग्ल्याण्ड अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हार चखाउँदै इंग्ल्या०ड फाइनमा प्रवेश गरेको हो ।

भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना विकेटको क्षतिमा १ सय ७० रन बनाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले १ सय ७० रनको कीर्तिमानी साझेदारी गरे ।

अर्धशतकीय पारी खेलेका एलेक्स ८६ रनमा अविजित रहे । कप्तान बल्टर ८० रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रनको पारी खेले । यस्तै विराट कोहलीले ५० रनको योगदान दिए ।

कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए । इंग्ल्याण्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १/१ विकेट लिए ।

इंग्ल्याण्ड २० ओभरको विश्वकपमा दोस्रो पटक फाइनल पुगेको हो । अब इंग्ल्याण्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।