साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १८:१४
shares

काठमाडौं, २५ कात्तिक । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ । शुक्रबार बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपालले उपाधि उचालेको हो ।
नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेसँगै नेपालले १० अंक सहित उपाधि कब्जा गरेको छ । पहिलो हाफमा १ गोलको अग्रता दिएको नेपालले दोस्रो हाफमा भने गोल खान पुगेको थियो । नेपालका लागि सुशिला केसीले खेलको १४ औँ मिनेटमा गोल गरिन् । खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन् । त्यस पछि दुवै टोलिले गोल गर्न नसके पछि खेल बराबरीमा सकियो हो ।
नेपाल ३ खेलमा जित र १ बराबरी ग¥यो भने बंगलादेशले २ खेलमा जित निकाल्दै एक खेलमा पराजित र १ खेलमा बराबरी गर्दै ७ अंक जोड्न सफल भयो । खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा बंगलादेश उपविजेतामा सिमित भएको हो ।


















