साविक उपविजेता क्रोएसिया बराबरीमा रोकियो
वि.सं.२०७९ मंसिर ७ बुधवार १७:५४
3.86K
shares
shares

काठमाडौं, ७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक उपविजेता क्रोएसिया पहिलो खेलमा बराबरीमा रोकिएको छ । बुधबार भएको पहिलो खेलमा क्रोएसियालाई मोरक्कोले गोल रहित बराबरीमा रोकेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएका अवसरमा गोल गर्न नसक्दा अंक बाड्न बाध्य भएका हुन् । क्रोएसियाले बलमा आफ्नो पकड जमाएको थियो । तर, थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न असफल भयो ।
यो बराबरीसँगै दुवै टोलिले पहिलो खेलबाट एक एक अंक जोडेका छन् । समूह ‘एफ’ को अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ ।

















