केपी ओली कप सुरु, पुलिस र सातदोबाटो भिड्दै
वि.सं.२०७९ फागुन ११ बिहीवार १२:५८
shares

काठमाडौं, ११ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मामा ओली नाममा आयोजना हुन लागेको केपी ओली कप सुरु भएको छ । सातोबाटोमा रहेको एन्फा कम्पेक्समा प्रतियोगिता सुरु भएको हो ।
राष्ट्रिय युवासंघ नेपालको आयोजनामा हुने प्रतियोगितामा ए डिभिजनका ७ र आयोजक सहित ८ टिमको सहभागिता रहको छ । बिहीबारबाट सुरु हुने प्रतियोगिताको फागुन १७ गतेसम्म चल्ने छ । प्रतियोगिताको पहिलो खेलमा अहिले विभागीय टोलि नेपाल पुलिस र सातदोबाटो युथ क्लब भिडिरहेका छन् ।
प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जवालाखेल युथ क्लबको सहभागिता रहेको छ । त्यस्तै आयोजक केपी ओली फुटबल क्लबको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले १० लाख नगद प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख नगद पाउने छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छ भने विधागत तर्फका उत्कृष्ट खेलाडी र एक जना उदयीमान खेलाडीले नगद ५० हजार रुपैयाँ पाउने छन् ।















