Dhulikhel Eco Banner new

प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.06K
shares

काठमाडौ, २७ माघ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमवार प्रतितोला ३ लाख ४ हजार ६ सयमा कारोबार भएको छापावाल सुन मंगलवार बढेर प्रतितोला ३ लाख ५ हजार ५ सयमा कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर मंगलवार ५ हजार २ सय ४० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।