अर्थमन्त्रीको राजीनामा पछि पनि नेप्सेमा गिरावट, सुधारिएन कारोबार
वि.सं.२०७९ असार २३ बिहीवार १५:११
4.78K
shares
shares

काठमाडौं, २३ असार । अर्थमन्त्रीको राजीनामा पछि नेप्से परिसुचकमा गिरावट आएको छ ।
साताको पाचौं कारोबारको दिन नेप्से परिसुचक १६ दशमलव ६० अंकले घटेको छ । बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ८१ प्रतिशतले घटेर २०२७ दशमलव ३२ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ४२ अंकले घटेको छ । दिनभर भएका ३१ हजार २ सय ७६ कारोबारबाट २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७ सय ६५ पुगेको छ ।















