Dhulikhel Eco Banner new

सुनको मुल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

715
shares

काठमाडौं, २९ असार । स्थानीय बजारमा सोमवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य दुई हजार ८ सयले घटेको छ।

महासंघका अनुसार सुन आइतवार प्रतितोला २ लाख ८८ हजार मा कारोबार भएको सुन सोमवार घटेर प्रतितोला २ लाख ८५ हजार २ सयमा कायम भएको छ ।

त्यसैगरी, आइतवार चाँदीको मूल्य १ सय रुपैयाँले घटेको छ । आइतवार ४ हजार ४ सय ७५ मा कायम भएको चाँदी घटेर सोमवार ४ हजार ३ सय ७५ रुपैयाँमा कायम भएको हो ।