Dhulikhel Eco Banner new

शेयर बजारमा सुधार, २ अर्बको मात्र कारोबार

4.91K
shares

काठमाडौं, २२ साउन । साताको पहिलो दिन भने शेयर बजारमा सुधार आएको छ । शुक्रबार ३४ अंकले घटेको नेप्से परिसुचक आज भने १० दशमलव २७ अंकले बढेको छ ।
आइतबार नेप्से परिसुचक शुन्य दशमलव ४९ प्रतिशतले बढेर २१२३ दशमलव ८२ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ११ अंकले वृद्धि भएको छ । आज दिनभर भइका ४४ हजार २ सय ४० कारोबारबाट २१९ कम्पनीका ६१ लाख ६ हजार ५ सय २१ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ पुगेको छ ।