Dhulikhel Eco Banner new

कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

4.72K
shares

काठमाडौं, ५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ ।

९ वर्षे अवधि तथा ४ प्रतिशत ब्याजदर भएको बैंकको अंकित मूल्य १००० रुपैयाँका दरले कुल २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

हाल सूचीकृत भएको २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र र यसभन्दा अघि सूचीकृत भएको ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र गरी नेप्सेमा कृषि विकास बैंकको कुल ६० लाख कित्ता ऋणपत्र हुनेछ । सूचीकृतपश्चात उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार खुल्नेछ ।