GBIME

लगातार घट्दै सुनको मूल्य, कति पुग्यो बजार भाउ ?

906
shares

काठमाडौं, १७ भदौ । केही दिनदेखि लगातार सुनको मूल्यमा गिरावट आईरहेको छ । हिजो ९ सय रुपैयाँले बटेको सुनको मूल्य आज भने एक सय रुपैयाँले घटेको हो ।

बिहिबार तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।