शेयर बजारमा पहिरो, परिसुचक १८ सयको बिन्दुमा
वि.सं.२०७९ असोज ९ आइतवार १५:३०
3.61K
shares
shares

काठमाडौं, ९ असोज । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक २३ दशमलव ८३ अंकले आरालो लागेको छ ।
शेयर लगातार घट्ने क्रममा आज भने नेप्से परिसुचक १ दशमलव ३० प्रतिशतले घटेर १८१५ दशमलव १३ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८३ अंकले ओरालो लागेको छ ।
शेयर बजारमा आज दिनभर भएका २२ हजार ६ सय ८३ कारोबारबाट २२८ कम्पनीका ४० लाख १४ हजार ४ सय १९ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ पुगेको छ ।















