Dhulikhel Eco Banner new

घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

4.28K
shares

काठमाडौं, ३० असोज । आइतबार सुनको भाउ घटेको छ ।  गत शुक्रबार तोलामा ९४ हजार १ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला २५ रुपैयाँले घटेर तोलाको १ हजार १६० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।