सुनको मूल्य १ लाख २ हजार नाघ्यो, चाँदीको कति ?
वि.सं.२०७९ पुस १९ मंगलवार १२:४५
4.45K
shares
shares

काठमाडौं, १९ पुस । नेपाली बजारमा आज सुनको भाउ ९ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९ सयले बढेर प्रति तोला १ लाख २ हजार ६ सयमा कारोबार भएकोे हो ।
छापावालसँगै तेजाबी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।



















