शेयर बजारमा ७ अंकको सुधार, कारोबार रकम २ अर्ब ८८ करोड
वि.सं.२०८० जेठ २९ सोमवार १५:०८
4.77K
shares
shares

काठमाडौं, २९ जेठ । शेयर बजारमा सोमबार ७ अंकको सुधार भएको छ । आज ७ दशमलव ७९ अंकको सुधार आएर शेयर बजार परिसूचक १९८७ दशमलव ८७ विन्दुमा पुगेको छ ।
सोमबार २८५ कम्पनीका ७४ लाख ५४ हजार ००७ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ८८ करोड ६५ लाख ०९ हजार ४१५ रुपैयाँको कारोबार भएको छ ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज २ दशमलव ८३ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३७३ दशमलव ३५ विन्दुमा पुगेको छ ।



















