तीन सयले बढ्यो सुनको मूल्य
वि.सं.२०८० जेठ ३० मंगलवार १२:२१
4.12K
shares
shares

काठमाडौं, ३० जेठ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।


















