चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
वि.सं.२०८० असार १० आइतवार १३:१६
5.02K
shares
shares

काठमाडौं, १० असार । पछिल्लो समय लगातार रुपमा गिरावट आएको सुनचाँदीको भाउ आज भने वृद्धि भएको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।
आज ४ सयले बढेको सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँमा र तेजाबी सुनमा एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन तोलामा ७०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । १५ रुपैयाँले बढेको चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

















