Dhulikhel Eco Banner new

अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको विनिमय दर कति ?

4.2K
shares

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, अमेरिकी डलरको भाउ बढेको छ । आज एक रुपैयाँले बढेको अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७० पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।