Dhulikhel Eco Banner new

नेप्से परिसुुचकमा १४ अंकको झिनो सुधार

8.5K
shares

काठमाडौं, ११ जेठ । साताको तेस्रोे कारोबारको दिन नेप्से परिसुचकमा १४ दशमलव ३७ को सामान्य सुधार भएको छ ।

बुधबार नेप्से परिसुुचक शुन्य दशमलव ५४ प्रतिशतले बढेर २२२९ दशमलव १० अंकमा पुगेको छ ।
नेप्से परिसुुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ९१ अंकले बढको छ ।

दिनभर भएका १८ हजार ४ सय २४ कारोबारबाट २ सय २४ कम्पनीका २२ लाख १६ हजार ९ सय २ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ८८ करोड २२ लाख १८ हजार ९ सय २ पुगेको छ ।