Dhulikhel Eco Banner new

सुन चाँदीको मूल्य बढ्यो

7.96K
shares

काठमाडौं, १३ जेठ । साताको अन्तिम दिन शुक्रवार स्थानिय बजारमा सुनको मूल्य बढेको छ । यो दिन सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात विहिवार सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला १० रुपैयाँले बढेरर १ हजार २८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।