सुन तोलामा ८ आठ सयले घट्यो
वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:३८
3.46K
shares
shares

काठमाडौं, २७ वैशाख । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज बिहीबार तोलामा ८ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा १ लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ३५ हजार छ सय निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन बुधबार तोलामा १ लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बुधबार तोलामा १ हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि १ हजार छ सय ८५ निर्धारण भएको छ ।



















