सुन तोलामा ७ सयले घट्यो
वि.सं.२०८१ जेठ १ मंगलवार १२:४६
3.84K
shares
shares

काठमाडौं, १ जेठ । मङगलबार पनि सुनको भाउ घटेको छ । सोेमबारको तुलनामा आज मङगलबार ७ सय रुपैयाले घटेका हो । मङगलबारका लागी तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३७ हजार ४ सय र छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३८ हजार १ सय निर्धारण भएको नेपाल सुनचादीँ व्यवसायी महासघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २५ ले बढोत्तरी भएको छ । सोमबार १ हजार ७ सय १५ मा कारोबार भएको चादीँ आजको लागी भने प्रतितोला १ हजार ७ सय ४० निर्धारण भएको छ ।



















