तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य
वि.सं.२०८१ साउन ६ आइतवार ०९:५७
3.65K
shares
shares

काठमाडौं, ४ साउन । स्थानीय बजारमा साताको पहिलो दिन पहेलो धातुको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार घटेर तोलामा १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर १ हजार ८१० रुपैयाँमा कारोबार भएको हो ।



















