Dhulikhel Eco Banner new

नेप्से परिसुचकमा गिरावट

2.37K
shares

काठमाडौं, ९ साउन । निरन्तर बढीरहेको शेयर बजारमा आज गिरावट आएको छ। कारोबार अवधिमा नेप्से बढ्दा ३७ अंकले बढ्ने र घट्दा भने ५० अंकसम्म ओर्लिएको थियो। यस दिन नेप्सेले २६००.४१ मा उच्च विन्दु र २५१३.९१ मा न्यून विन्दु बनायो । बुधबार नेप्से २७.३२ अंकले घटेर २५३६.१ विन्दुमा बजार बन्द भएको छ। यस दिन १६ अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ।

यस दिन ३११ वटा धितोपत्रको चार करोड सात लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच भएको हो । बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ६६३ रूपैयाँ ८० पैसामा ३६ करोड ७ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.९५ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७४ रूपैयाँमा ३४ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र होटल्स तथा पर्यटन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । बोटलर्स नेपाल तराइ, एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने चन्द्रागिरी हिल्सको मूल्य ९.९७ प्रतिशतले बढेको छ ।

बुधबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। चिरख्वा हाइड्रोपावरको मूल्य सर्वाधिक ७.७९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ७१० रूपैयाँ कायम भएको छ।

यस्तै, सुपर मादी हाइड्रोपावरको मूल्य ६.०८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७४१ रूपैयाँ कायम भएको छ।।

यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले बढेको छ।