एकैदिन तोलामा १ हजार ४ सयले घट्यो सुनको मूल्य
वि.सं.२०८१ साउन २३ बुधवार ११:२३
2.42K
shares
shares

काठमाडौं, २३ साउन । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४७ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार ३ सय कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १ हजार ७२५ मा कारोबार भएकोमा १५ रुपैयाँले घटेर बुधबार तोलामा १ हजार ७१० कायम भएको महासंघले जनाएको छ ।



















