सुनको मूल्यमा सामान्य गिरावट
वि.सं.२०८१ भदौ ४ मंगलवार १०:३६
2.89K
shares
shares

काठमाडौं, ४ भदौ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य एक सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ सयले घटेर तोलामा १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य १० रुपैयाँ बढेको छ। सोमबार तोलामा १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।



















