तोलामा ३ सयले घट्यो सुनको मूल्य
वि.सं.२०८१ भदौ १४ शुक्रवार १०:३८
2.74K
shares
shares

काठमाडौं, १४ भदौ । स्थानीय बजारमा शुक्रबार पहेलो धातुको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ३ सयले घटेको हो ।
बिहीबार तोलामा १ लाख ५३ हजार २ सयमा कारोबार भएको सुन शुक्रबार तोलामा ३ सयले घटेर १ लाख ५२ हजार ९ सयमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार चादीँको मूल्य पनि १० रुपैयाँले घटेको छ । बिहीबार तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८२० रुपैयाँमा कायम भएको छ ।



















