प्रतितोला १ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ ४ शुक्रवार १०:३५
2.28K
shares
shares

काठमाडौं, ४ माघ । स्थानीय बजारमा शुक्रवार पहेँलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार तोलामा १ लाख ५६ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजार ३ सयले बढेर तोलामा १ लाख ५७ हजार ९ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीवार तोलामा १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ८९० रुपैयाँमा कायम भएको छ ।


















