प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ फागुन १२ सोमवार ११:१८
3.11K
shares
shares

काठमाडौं, १२ फागुन । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार तोलामा १ लाख ७० हजार ३ सयमा कारोबार भएको सुनको मूल्य सोमवार ५ सयले बढेर तोलामा १ लाख ७० हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आइतवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर प्रतितोला १ हजार ९८५ मा कायम भएको छ ।
















