Dhulikhel Eco Banner new

प्रतितोला ५ सयले घट्योे सुनको मूल्य,हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.87K
shares

काठमाडौं, २३ फागुन । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीवार तोलामा १ लाख ७० हजार ७ सयमा कारोबार भएको सुनको मूल्य शुक्रवार ५ सयले घटेर तोलामा १ लाख ७० हजार २ सयमा कायम भएको हो ।

त्यस्तै, शुक्रवार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बिहीवार तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ९९० रुपैयाँमा कायम भएको छ ।