सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ चैत ३ आइतवार १०:४३
2.04K
shares
shares

काठमाडौं, ३ चैत । स्थानीय बजारमा आइतवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रवार तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ४ सयले घटेर तोलामा १ लाख ७४ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार घटेर २ हजार ४५ रुपैयाँमा कायम भएको छ।















