Dhulikhel Eco Banner new

रोकिएन नेप्सेको घट्ने क्रम, आज २९ अंकले घट्यो

4.97K
shares

काठमाडौं, १ असार । साताको तेस्रो कारोबारको दिन पनि नेप्से परिसुचक २९ दशमलव ८९ अंकले घटेको छ ।

बुधबार नेप्से परिसुचक १ दशमलव ५० प्रतिशतले घटेर १९६६ दशमलव ३७ बिन्दुमा पुगेको होे ।नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ६० अंकले घटेको छ ।

दिनभर भएका ३० हजार ६ सय २ कारोबारबाट २२९ कम्पनीका ४१ लाख ८२ हजार ३ सय ६२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ पुगेको छ ।