बिहीवार सुनको मुल्य स्थिर
वि.सं.२०८२ कात्तिक १३ बिहीवार ११:०१
3.08K
shares
shares

काठमाडौं, १३ कात्तिक । स्थानीय बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार प्रतितोला २ लाख ३७ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य बिहीवार पनि सोही मुल्यमा कायम भएको छ ।
त्यस्तै,बिहीवार चाँदीको मुल्य भने १५ रुपैयाँले बढेको छ । बुधवार २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बिहीवार २ हजार ९ सय ८० मा कायम भएको छ ।
















