प्रतितोला १४ सयले घट्यो सुनको मुल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ कात्तिक १८ मंगलवार ११:०५
3.26K
shares
shares

काठमाडौं, १८ कात्तिक । स्थानीय बजारमा मंगलवार सुनको मुल्य घटेको छ । सुनको मूल्य १४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार प्रतितोला २ लाख ३९ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार १४ सयले घटेर २ लाख ३८ हजार ३ सय कायम भएको हो ।
त्यस्तै, मंगलवार चाँदीको मुल्य पनि ४५ रुपैयाँले घटेको छ । सोमवार ३ हजार ६० रुपैयामा कारोबार भएको चाँदीको मुल्य मंगलवार ३ हजार १५ रुपैयामा कायम भएको छ ।
















