प्रतितोला ९ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ मंसिर १० बुधवार ११:०६
3.76K
shares
shares

काठमाडौं, १० मंसिर । स्थानीय बजारमा बुधवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार प्रतितोला २ लाख ४७ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य बुधवार ९ सयले बढेर तोलामा २ लाख ४८ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मुल्य पनि २० रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ३ हजार २ सय रुपैयामा कारोबार भएको चाँदीको मुल्य बुधवार तोलामा ३ हजार २ सय २० रुपैयामा कायम भएको छ ।



















