Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ७ सय रुपैयाले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

4.54K
shares

काठमाडौं, १ पुस । स्थानीय बजारमा मंगलवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भएको सुनको मुल्य मंगलवार १ हजार ७ सयले घटेर तोलामा २ लाख ५९ हजारमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । सोमवार प्रतितोला ३ हजार ८ सय ७० रुपैयामा कारोबार भएको चाँदीको मुल्य मंगलवार तोलामा ३ हजार ८ सय ८५ रुपैयामा कायम भएको छ ।