चलचित्र ‘गौथली’ को कमाई साढे १३ करोड नाघ्यो
वि.सं.२०८३ साउन १८ सोमवार १३:१२
shares

काठमाडौँ, १८ साउन । चलचित्र गौथलीको कमाई साढे १३ करोड बढी भएको छ । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले सार्वजनिक गरेको कारोबारसम्बन्धी विवरण हेर्दा प्रदर्शनरत चलचित्र गौथलीको कमाई उत्कृष्ट देखिएको हो ।
साउन १७ गते मध्यरातसम्मको विवरण हेर्दा साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गौथली’ ले ४ लाख ९४ हजार ९१५ वटा टिकटबाट १३ करोड ६४ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको गौथलीको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक देखिएको छ । उक्त चलचित्र डा. कपिल रिजालको निर्देशनमा बनेको हो ।
त्यसैगरी, जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र रोल नं. १ ले ७१ हजार ५२८ वटा टिकट बिक्री गर्दै १ करोड ७८ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । विनोद पौडेलको निर्माण रहेको उक्त चलचित्र जोन योञ्जनले निर्देशन गरेका हुन् ।
















