ड्रिम स्किन नेपालको दरबारमार्गमा नयाँ आउटलेटको भव्य उद्घाटन
वि.सं.२०८२ पुस १५ मंगलवार १०:२९
shares

काठमाडौं, १५ पुस । कोरियन स्किन केयरको विश्वसनीय ब्रान्ड ड्रिम स्किन नेपालले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ आउटलेटको भव्य उद्घाटन गरेको छ। सोही अवसरमा फिनाजा एक्सेसरिज र द फ्रेग्रेन्स रुमको पनि औपचारिक रूपमा सुरुवात गरिएको छ।
डिसेम्बर २९, २०२५ मा आयोजित उद्घाटन समारोह दिउँसो २ः३० बजे सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथिका रूपमा नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताए–योङको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न उद्योगका प्रतिष्ठित व्यवसायी, कलाकार, सञ्चारकर्मी तथा ड्रिम स्किन नेपालका ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहमा बोल्दै महामहिम राजदूत पार्क ताए–योङले नेपालमा कोरियाली उत्पादनहरूको बढ्दो लोकप्रियताप्रति खुशी व्यक्त गर्दै भविष्यमा नेपाल–कोरिया व्यापारिक सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।
ड्रिम स्किन नेपालका निर्देशक दिलीप कुमार यादवले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै कम्पनीले १०० प्रतिशत प्रमाणित कोरियाली स्किन केयर, हेयर केयर तथा कस्मेटिक उत्पादनहरू नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको जानकारी दिए।
उनले भने, “आज ड्रिम स्किन नेपालको नयाँ आउटलेटसँगै हामीले फिनाजा एक्सेसरिज र द फ्रेग्रेन्स रुमको पनि उद्घाटन गरेका छौँ। यहाँ ग्राहकहरूले आकर्षक गहना तथा उच्च गुणस्तरका सुगन्धित परफ्युमहरू प्राप्त गर्न सक्नुहुनेछ। आगामी दिनमा हामी आफ्ना उत्पादन र सेवाहरूको दायरा अझ विस्तार गर्दै लैजाने योजनामा छौँ।”
छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल ड्रिम स्किन नेपालले गुणस्तरीय कोरियाली उत्पादनमार्फत नेपाली उपभोक्ताको छाला हेरचाह अनुभवलाई नयाँ उचाइमा पुर्याउँदै आएको छ। फिनाजा एक्सेसरिज र द फ्रेग्रेन्स रुमको सुरुवातसँगै कम्पनीले गहना र परफ्युम क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गर्दै गएको देखिन्छ।















