Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकको संस्थापक समूहको २ लाख कित्ता शेयर लिलामीमा

4.9K
shares

काठमाडौं, २३ पुस । एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको २ लाख कित्ता शेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ तोकिएको छ। शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति, कम्पनी वा संघसंस्थाले पुस २३ गतेदेखि माघ २ गतेसम्म आवेदन दिन सक्नेछन्।

लिलामी प्रक्रियामा सहभागी हुन चाहनेले सम्पूर्ण २ लाख कित्ताका लागि नै आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। गोप्य शिलबन्दी बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयबाट प्राप्त गर्न सकिनेछ र सोही कार्यालयमा बुझाउनु पर्नेछ।

बिक्री अवधिभर प्राप्त बोलपत्रहरू माघ ४ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने नेपाल लाइफ क्यापिटलले जनाएको छ। बोलपत्र पेश गर्दा प्रतिकित्ता कम्तीमा १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य उल्लेख गर्नुपर्नेछ।