राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच अवकाश कोष व्यवस्थापन सम्बन्धी समझदारी
वि.सं.२०८३ असार ३२ बिहीवार ११:२५
shares

काठमाडौं, ३२ असार । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । मिति २०८३ असार ३१ गते बुधबार ललितपुरको पुल्चोकमा अवस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रम मार्फत सो समझदारी-पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी-पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषको तर्फबाट निमित्त प्रशासक जीवन कुमार कट्वालले हस्ताक्षर गरे।
समझदारी-पत्रमा उल्लेख भए अनुसार अब उप्रान्त राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सञ्चय कोष लगायतका अवकाश कोषहरुको व्यवस्थापन कर्मचारी सञ्चय कोषले गर्नेछ । हाल राष्ट्रिय वाणिज्य बैंकमा दुई हजार नौ सय पचपन्न कर्मचारी कार्यरत छन् ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत ४८ लाख भन्दा बढी ग्राहकलाई कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।



















