विजय लघुवित्तको एफपिओमा मागभन्दा ५७ गुणा बढी आवेदन
वि.सं.२०८२ पुस २५ शुक्रवार १०:०४
shares

काठमाडौं, २५ पुस । विजय लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपिओ) मा अन्तिम दिनसम्ममा करिब २३ लाख आवेदन परेको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीवार साँझ ५ः०६ बजेसम्म २२ लाख ९९ हजार २५२ जनाबाट २ करोड ६६ लाख ६६ हजार ९९० कित्ताका लागि आवेदन परेको हो।
यसअनुसार एफपिओमा कुल २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ, जुन निष्कासन गरिएको शेयर संख्याभन्दा झण्डै ५७ गुणा बढी हो।
एफपिओमा आवेदन दिनेहरूमध्ये ४६ हजार ७८१ जना आवेदकले १०.१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। तीमध्ये ७ जना आवेदकले थप १.१ कित्ता सहित कुल ११ कित्ता शेयर पाउनेछन्।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४ लाख ६६ हजार ८१७ कित्ता शेयर एफपिओमार्फत निष्कासन गरेको हो।
















