रियर व्हील ड्राइभ प्रविधिमा ईभी खरिदकर्ताको बढ्दो आकर्षण, यस्ता छन् कारण
वि.सं.२०८२ पुस २५ शुक्रवार १३:४४
shares

काठमाडौं, २५ पुस । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियता बढ्दै जाँदा उपभोक्ताको प्राथमिकता र सोचमा समेत परिवर्तन देखिन थालेको छ। सुरुवाती चरणमा ‘रेन्ज’ र ‘चार्जिङ’ मा मात्र केन्द्रित ईभी खरिदकर्ताहरू पछिल्लो समय ड्राइभिङ कम्फर्ट, सन्तुलन र नियन्त्रण जस्ता पक्षमा पनि ध्यान दिन थालेका छन्। यही कारण नेपाली बजारमा रियर व्हील ड्राइभ प्रविधि जडित ईभीप्रति आकर्षण बढ्दै गएको देखिन्छ।
आरडब्लुडी प्रविधि जडित ईभीहरूले उत्कृष्ट कम्फर्ट, ट्र्याक्सन र सन्तुलन प्रदान गर्ने भएकाले नेपालको जस्तो भौगोलिक विविधता भएको सडक संरचनामा सहज र आत्मविश्वासपूर्ण ड्राइभिङ अनुभव दिने जानकारहरू बताउँछन्। ठाडा उकालो–ओरालो र घुमाउरा सडकहरूमा यस प्रविधिले गाडीलाई थप स्थिर र नियन्त्रणयोग्य बनाउने हुँदा ईभी खरिदकर्ताको रोजाइमा पर्न थालेको हो।
के हो रियर व्हील ड्राइभ प्रविधि ?
रियर व्हील ड्राइभ प्रविधि उत्कृष्ट ह्यान्डलिङ र सन्तुलनका लागि विश्वप्रख्यात मानिन्छ। सामान्यतया यो प्रविधि विलासी र महँगा स्पोर्ट्स कारहरूमा प्रयोग हुँदै आएको भए पनि हाल नेपाली ईभी बजारमा समेत यो सुविधा सर्वसुलभ बन्दै गएको छ।
एमजी र आईएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी एस५, एमजी ४, एमजी कोमेट र एमजी आईएम ६ जस्ता मोडेलमार्फत नेपाली ग्राहकका लागि आरडब्लुडी प्रविधि उपलब्ध गराएको छ। यस प्रविधिमा गाडीको सम्पूर्ण शक्ति पछिल्ला पाङ्ग्रामा केन्द्रित हुन्छ, जसले गर्दा अगाडिका पाङ्ग्राले मोड्ने काम मात्र गर्छन् भने पछिल्ला पाङ्ग्राले गाडीलाई अगाडि धकेल्छन्। यसले तौल सन्तुलन सुधार गर्नुका साथै सडकमा राम्रो पकड प्रदान गर्छ, जसले घुम्ती तथा उकालोमा समेत गाडी नचिप्लिने र स्थिर रहने बनाउँछ।
नेपालको सडकका लागि उपयुक्त
नेपालको भौगोलिक संरचनाका कारण यहाँका सडकहरू उकालो, ओरालो र घुम्तीले भरिएका छन्। यस्तो अवस्थामा आरडब्लुडी प्रविधि जडित ईभीहरू नियन्त्रण, सन्तुलन र कम्फर्टको हिसाबले अत्यन्त प्रभावकारी हुने पारामाउन्ट मोटर्सको भनाइ छ।
आकर्षक अफर सहित खरिदको अवसर
आरडब्लुडी प्रविधि जडित ईभी खरिद गर्न चाहने ग्राहकहरूका लागि पारामाउन्ट मोटर्सले ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ योजना ल्याएको छ। डिसेम्बर २५ देखि सुरु भएको यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम ४ लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्नेछन्।
यस योजनामा उत्कृष्ट मूल्यांकनसहितको एक्सचेन्ज अफर, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निशुल्क एक्सेसरी तथा तत्काल डेलिभरीको व्यवस्था समेत गरिएको छ। यो योजना देशभर रहेका एमजी शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ।
















