हिमालयन बैंकको ३३औँ वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०८२ पुस ३० बुधवार १५:५२
1.43K
shares
shares

काठमाडौं, ३० पुस । हिमालयन बैंक लिमिटेडको ३३औँ वार्षिक साधारण सभा पुस ३० गते सम्पन्न भएको छ ।
बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रन्जीव एण्ड एसोसिएट्सलाई पुनः नियुक्त गरेको छ । यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकका पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।


















