Dhulikhel Eco Banner new

सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सको संस्थापक शेयर बिक्रीमा

3.82K
shares

काठमाडौं, १ माघ। सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले बिक्रीमा राखेको हो । केही संस्थापक शेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो ।

सो शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । यसर्थ संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन (फागुन ६ गते) भित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी पेश गर्नु पर्नेछ ।

निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।