Dhulikhel Eco Banner new

राष्ट्रिय तथ्यांक कार्यालयमा रोजगारीको अवसर

4.03K
shares

काठमाडौ, १ माघ । राष्ट्रिय तथ्यांक कार्यालयले ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ सफलतापूर्वक सम्पन्न गर्नका लागि ठूलो संख्यामा करार कर्मचारी माग गरेको छ। कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्यांक संकलन तथा सुपरिवेक्षणका लागि ४,४३९ जना कर्मचारी भर्ना गर्न लागेको जनाएको छ।

सूचनाअनुसार, ५२६ जना सुपरिवेक्षक र ३,९१३ जना गणक दरखास्त आह्वान गरिएको छ । सुपरिवेक्षक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्नेछ भने गणक पदका लागि १०ं२ वा प्रमाणपत्र तह उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

कार्यलयले साढे दुई महिनाको छोटो अवधिका लागि भए पनि आकर्षक पारिश्रमिकको व्यवस्था गरेको छ। सुपरिवेक्षकले मासिक रु ३४,७३० र गणकले मासिक रु ३२,९०२ तलब पाउने सूचनामा उल्लेख छ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्र राष्ट्रिय तथ्याङ्क कार्यालयको अधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन पेश गर्नुपर्नेछ।