सुन चाँदीको मूल्य बढ्यो
वि.सं.२०७९ असार १३ सोमवार १३:४५
4.38K
shares
shares
काठमाडौं, १३ असार । नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य बढेको छ । सोमबार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
सुनको मूल्य सोमबार तोलामा ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ भने चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


















