Dhulikhel Eco Banner new

शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.8K
shares

काठमाडौं, ४ माघ । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३१.१२ अंकले बढेर २६७२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ४० करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा थ्री स्टार हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.७८ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी १०.३५प्रतिशत कृषि बैंक ऋणपत्र लिमिटेडका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले गुमाएका छन् भने आरबीबी फोकस ४०का लगानीकर्ताले ५.७० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी १०प्रतिशत प्राइम डिबेन्चर २०८८का लगानीकर्ताले ३.९६ प्रतिशतका दरले गुमाएका छन् भने एभरेष्ट बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले ३.९६ प्रतिशतका दरले गुमाएका छन् ।