उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८२ माघ १३ मंगलवार १५:२७
shares

काठमाडौं, १३ माघ । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४२.५८ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब १६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.५६ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन दरमखोला हाइड्रोका लगानीकर्ताले ८.१४ प्रतिशतका दरले कमाएका छन् भने मायाखोला हाइड्रोपावरका लगानीकर्ताले ८.३६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कपौरेट विकास बैंकका लगानीकर्ताले ६.५७ प्रतिशतका दरले कमाएका छन् भने सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ४.७९ प्रतिशतका दरले कमाएका छन् ।

















