Dhulikhel Eco Banner new

शिखर पावर डेभलपमेन्टको आईपीओे बाँडफाँड

2.6K
shares

काठमाडौं, १५ माघ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड भएको हो। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहीबार बिहान ८ बजे सो आईपीओ बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धकका अनुसार २२ हजार दुई सय जनालाई १० कित्ताका दरले दुई लाख २२ हजार कित्ता आईपीओ पाएका छन् । कम्पनीले वैदेशिक रोजगारका लागि निष्काशन गरिएको सो आईपीओमा ७१ हजार ५७७ जनाले १० लाख पाँच हजार कित्ताको लागि आवेदन दिएका थिए ।

कम्पनीको आईपीओको नतिजा सीडीएस र बिक्री प्रबन्धको वेबसाइटबाट हेर्न सकिने छ । केही समयपछि सो वेबसाइटमा नतिजा प्रकाशित हुने बिक्री प्रबन्धकले जनाएको छ ।